Logo

शेयर बजार आज पनि घट्यो



काठमाडौँ, २० वैशाख । शेयर बजार आज पनि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ४१ अङ्कले घटेर एक हजार आठ सय ५७ विन्दुमा झरेको छ ।

उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ ।

बजारसँगै कारोबार रकममा पनि दिनदिनै कमी आउन थालेको छ । आज दुई सय ६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्