Logo

शेयर बजार आज पनि बढ्याे



काठमाडौँ, १४ चैत । शेयर बजार मङ्गलवार पनि बढेको छ ।

सोमवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । पछिल्ला तीन दिन उच्च अङ्कले घटेको माइक्रोफाइनान्स समूहको शेयर आज उच्च अङ्कले बढेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता शेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्