Logo

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो



काठमाडौँ, १५ चैत । हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

आइतवार ४१ र सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से मङ्गलवार १४ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय २७ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज होटलबाहेक सबै समूहको शेयर घटेको छ । दोहोरो अङ्कले शेयर घट्दा कारोबार रकम दुई अर्ब रुपैयाँ पनि पुगेन । दुई सय २५ कम्पनीका ३८ लाख ९० हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्