काठमाडौँ, २० चैत । लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से सोमवार १६ दशमलव ६७ अङ्कले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।
दुई सय ६० वटा कम्पनीका २८ लाख २९ हजार कित्ता शेयर ९२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको तीन करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।







