काठमाडौँ, ४ जेठ । लगातार तेस्रो दिन बिहीवार पनि शेयर बजार बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६४ वटा कम्पनीका ४४ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।