Logo

शेयर बजार आज पनि बढ्यो



काठमाडौँ, ८ चैत । शेयर बजार मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ ।

सोमवार १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ६ सय ५० दशमलव ७० विन्दुमा पुगेको छ ।

आज जलविद्युत् र फाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ३५ कम्पनीको ५३ लाख २९ हजार कित्ता शेयर दुई अर्ब ५१ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु इन्सुरेन्स कम्पनीको १५ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्