Logo

शेयर बजार आज पनि बढ्यो



काठमाडौँ, ३ साउन । लगातार सातौँ दिन आज पनि शेयर बजार बढेको छ । असारको २८ गतेयता सात दिन कारोबार भएकोमा सात दिन नै शेयर बजार बढेको छ ।

शेयर बजार परिसूचक नेप्से मङ्गलवार १६ दशमलव २० अङ्कले बढेर दुई हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको छ । कारोबार भएका सबै समूहको शेयर सामान्य बढेको छ ।

आज दुई सय १३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्