Logo

शेयर बजार आज पनि बढ्यो



काठमाडौँ, १८ पुस । शेयर बजार सोमवार पनि बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले बढेर दुई हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ ।

आज उत्पादन, म्युचल फन्ड, र अन्यबाहेक अरू सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेको दिन दुई सय ५३ वटा कम्पनीको ८२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १६ करोड ८४ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्