Logo

शेयर बजार आज पनि बढ्यो



काठमाडौँ, ७ जेठ । शेयर बजार लगातार चौथो दिन आज पनि बढेको छ ।

हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव २० विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ । होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६० करोड चार लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्