Logo

शेयर बजार आज पनि सामान्य बढ्यो



काठमाडौँ, २३ माघ । शेयर बजार आज पनि सामान्य अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्