काठमाडौँ, ८ असार । लामो समयपछि मङ्गलवार बढेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव २१ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ५३ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बीमा, विकास बैंक, जलविद्युत् र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि निकै घटेको छ । दुई सय २९ वटो कम्पनीको ३० लाख ३४ हजार कित्ता शेयर ८४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।