काठमाडौँ, २७ चैत । आइतबार २८ अङ्कले घटेको शेयर बजार साेमवार सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।
आज बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका २९ लाख ६० हजार कित्ता शेयर ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ८४ लाख र तमोर हाइड्रोपावरको शेयर छ करोड ६५ लाख रुपैयाँमा किनबेच भयो ।
आज सबैभन्दा धेरै तमोर हाइड्रोपावर कम्पनी र कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।







