Logo

शेयर बजार आज सामान्य घट्यो



काठमाडौँ, १४ वैशाख । शेयर बजार आज सामान्य घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २ दशमलव २७ अङ्कले घटेर १ हजार ८ सय ८९ विन्दुमा झरेको हो ।

आज बैंकिङ र होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन २ सय ६९ वटा कम्पनीका २१ लाख ७४ हजार कित्ता शेयर ७३ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको ३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्