काठमाडौँ, २८ कात्तिक । लगातार पाँच दिनसम्म घटेको शेयर बजार सोमवार भने दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
नेप्से सूचक बढेको दिन दुई सय २६ वटा कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।







