Logo

शेयर बजार आज २९ अङ्कले घट्यो



काठमाडौँ, ३० चैत । बुधवार ९२ अङ्कभन्दा धेरैले बढेको शेयर बजार बिहीवार २९ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज (वर्ष २०७९ को अन्तिम दिन) २९ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ३४ दशमलव ४८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ७० वटा कम्पनीका ४९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्