Logo

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे



काठमाडौँ, २८ पुस । शेयर बजार बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्