Logo

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे



काठमाडौँ, १२ चैत । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आइतवार २६ दशमलव ८५ अङ्कले घटेर १ हजार ८ सय ८८ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेको दिन २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्