Logo

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे



काठमाडौँ, २६ चैत । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आइतवार २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, जलविद्युत् र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।

आज दुई सय ६८ वटा कम्पनीका ३८ लाख ४३ हजार कित्ता शेयर एक अर्ब १५ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र नबिल बैंकको पाँच करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्