काठमाडौँ, ४ वैशाख । आइतवार सामान्य घटेको शेयर बजार सोमवार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ६३ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव शून्य पाँच विन्दुमा झरेको हो ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ६७ वटा कम्पनीका ३१ लाख ४४ हजार कित्ता शेयर ९२ करोड ७८ हजार रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।







