काठमाडौँ, ९ असार । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव २५ अङ्कले घटेर एक हजार आठ सय ४८ दशमलव २८ विन्दुमा झरेको हो ।
सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बेच्नेहरूको लहरका कारण कारोबार रकम भने बढेको छ । दुई सय ३७ वटा कम्पनीको ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको नौ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।