Logo

शेयर बजार उच्च अङ्कले घट्यो



काठमाडौँ, १२ भदौ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ३६ अङ्कले घटेर एक हजार नौ सय ८९ दशमलव २६ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लाग्दा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत्, फाइनान्स लगायतका समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २४ वटा कम्पनीको ६१ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्