Logo

शेयर बजार उच्च अङ्कले घट्यो



काठमाडौँ, ८ फागुन । शेयर बजार आज उच्च अङ्कले घटेको छ ।

यसअघि बिहीवार २१ दशमलव १५ अङ्कले घटेको शेयर बजार आज २३ दशमलव ६० अङ्कले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा झरेको छ ।

नेप्से लगातार दोहोरो अङ्कले घटेको आज पाँचौँ दिन हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेयता शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ५८ वटा कम्पनीका ६० लाख ९१ हजार कित्ता शेयर एक अर्ब ९४ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्