Logo

शेयर बजार उच्च अङ्कले बढेर हरियाली



काठमाडौँ, २५ फागुन । शेयर बजार बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स, बीमा, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेको दिन दुई सय ६२ वटा कम्पनीका ४५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्