Logo

शेयर बजार उच्च अङ्कले बढेर हरियाली



काठमाडौँ, २१ जेठ । अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नरहेको स्पष्ट पारेसँगै शेयर बजार उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ५३ दशमलव शून्य तीन अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ३७ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा होटल, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ७० वटा कम्पनीका ४५ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ८१ लाख रुपैयाँमा किनबेच भयो ।

यसअघि लगानीकर्ताले ब्रोकर कम्पनीलाई धम्की दिँदै कारोबार नगर्न चेतावनी दिएपछि बजार खुलेको डेढ घण्टामा मात्रै कारोबार सुरु भएको थियो । अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नरहेको स्पष्ट पारेपछि कारोबार खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्