Logo

शेयर बजार घटेर राताम्मे



काठमाडौँ, २४ साउन । शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २२ वटा कम्पनीको ६६ लाख ४६ हजार कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्