Logo

शेयर बजार झन्डै १६ अङ्कले घट्याे



काठमाडौँ, ७ वैशाख । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार झन्डै १६ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय शून्य चार विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ । आज दुई सय ६७ वटा कम्पनीका ३२ लाख कित्ता शेयर ९८ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्