Logo

शेयर बजार झन्डै २२ अङ्कले घट्याे



काठमाडौँ, १५ भदौ । शेयर बजार बुधवार झन्डै २२ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओेरालो लागेको छ ।

नेप्से दोहोरो अङ्कले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता शेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्