Logo

शेयर बजार झन्डै २८ अङ्कले बढ्यो



काठमाडौँ, २ भदौ । शेयर बजार बिहीवार झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर सामान्य बढेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबारमा पनि केही सुधार आएको छ ।

दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ७९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्