Logo

शेयर बजार झन्डै ३४ अङ्कले घट्यो



काठमाडौँ, २ असोज । शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्, व्यापार, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से परिसूचक घटेको दिन दुई सय २९ वटा कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्