Logo

शेयर बजार झन्डै ४० अङ्कले बढ्यो



काठमाडौँ, ७ असार । पछिल्लो समय लगातार ओरालो लागिरहेको शेयर बजार मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव ७४ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ ।

यस्तै दुई सय ३१ वटा कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्