काठमाडौँ, २९ माघ । हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता शेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।







