Logo

शेयर बजार झन्डै ६ अङ्कले घट्यो



काठमाडौँ, ५ साउन । पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार आज भने घटेको छ ।

शेयर बजार परिसूचक नेप्से बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेको छ ।

आज बैंकिङ र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय २५ वटा कम्पनीका ३९ लाख आठ हजार कित्ता शेयर एक अर्ब ६४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्