काठमाडौँ, ५ भदौ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेको छ ।
दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा ७ दशमलव ७२ अङ्कले घटेर २ हजार ६० दशमलव ५५ विन्दुमा झरेको छ ।
आज बैंक, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय १८ वटा कम्पनीको ५३ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब चार करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रो पावरको १२ करोड २८ लाख र अपी पावर कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।