Logo

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे



काठमाडौँ, ११ असोज । सोमवार झन्डै २४ अङ्कले घटेको शेयर बजार मङ्गलवार भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । २१ लाख सात हजार कित्ता शेयर ६६ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको दुई करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्