काठमाडौँ, १२ वैशाख । शेयर बजार मङ्गलवार दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ विन्दुमा पुगेको हो ।
आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।







