Logo

शेयर बजार दोहोरो अंकले घट्यो



काठमाडौँ, ४ भाद्र । लगातार दोस्रो दिन आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर झण्डै छ प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्