काठमाडौँ, ४ फागुन । लगातार चौथो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि लगातार घटिरहेको छ । आज दुई सय ५६ वटा कम्पनीका ४७ लाख ४७ हजार कित्ता शेयर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।