Logo

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे



काठमाडौँ, ९ चैत । शेयर बजार बिहीवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १५ दशमलव १५ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता शेयर एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २१ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्