काठमाडौँ, १९ चैत । हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आइतवार २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ ।
आज दुई सय ६० वटा कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर घटेकोमा व्यापार, बीमा, जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।







