काठमाडौँ, २५ वैशाख । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।
आइतवार १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९२ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ७० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । दुई सय ७० वटा कम्पनीका २८ लाख १० हजार कित्ता शेयर ८२ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।