Logo

शेयर बजार दोहोरो अङ्कले घट्यो



काठमाडौँ, २२ जेठ । आइतवार ५३ अङ्कले बढेको शेयर बजार सोमवार भने दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय एक दशमलव ९९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७७ वटा कम्पनीका ५६ लाख २० हजार कित्ता शेयर एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ८९ रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्