Logo

शेयर बजार दोहोरो अङ्कले घट्यो



काठमाडौँ, २७ जेठ । शेयर बजार शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ ।

बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय २९ कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्