काठमाडौँ, २५ मंसिर । हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज तीन सय ५३ वटा कम्पनीको ३५ लाख १२ लाख कित्ता शेयर एक अर्ब १० करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।







