Logo

शेयर बजार दोहोरो अङ्कले बढ्यो



काठमाडौँ, ६ चैत । लामो समयपछि शेयर बजार आज बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । गएको फागुन २५ गतेयता आज पहिलो पटक बजार दोहोरो अङ्कले बढेको हो ।

बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । २ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको शेयर ७ करोड ६३ लाख रुपैयाँमा किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्