Logo

शेयर बजार दोहोरो अङ्कले बढ्याे



काठमाडौँ, ३ जेठ । मङ्गलवार सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि बढेको छ । दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार कित्ता शेयर ८५ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्