काठमाडौँ, २३ जेठ । सोमबार दोहोरो अङ्कले घटेको शेयर बजार आज दोहोरै अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६६ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव ६५ बिन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा होटल र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ६९ वटा कम्पनीका ५५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ९८ करोड १० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको नौ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।