काठमाडौँ, ३० जेठ । हप्ताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से मङ्गलवार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।
साेमवार दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।