Logo

शेयर बजार दोहोरो अङ्कले बढ्यो



काठमाडौँ, ३० असार । लगातार तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ७१ अङ्कले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । एक सय २० वटा कम्पनीका ६२ लाख १० हजार कित्ता शेयर दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्