Logo

शेयर बजार मङ्गलवार दोहोरो अङ्कले घट्यो



काठमाडौँ, २६ पुस । पछिल्लो समय लगातार बढिरहेको शेयर बजार मङ्गलवार भने दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अङ्कले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको छ ।

विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज दुई सय ५४ वटा कम्पनीका दुई करोड आठ लाख ४३ हजार कित्ता शेयर सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २१ करोड र अपी पावर कम्पनीको २० करोड रुपैयाँभन्दा धेरेको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्