काठमाडौँ, २७ मंसिर । शेयर बजार मङ्गलवार फेरि घटेको छ ।
सोमवार १६ दशमलव ९७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो ।
आज कारोबार रकम पनि घटेको छ । हिजो एक अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ४८ वटा कम्पनीको २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको सात करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।







